काठमाडौं, असाेज २२
डोटीको सायल गाउँपालिकाले ग्रामीण सडकहरु सफाइ गरेर सुचारु गर्न थालेको छ । बर्षातका कारण अवरुद्ध भएका सडकहरु खुलाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएका विभिन्न ठाउँका सडकहरु खुलाउने काम भइरहेको उनले बताए । गाउँपालिकाले आफ्नै जेसीबी प्रयोग गरेर सडक खुलाउने काम गरिरहेको हो । दशैँ अगाडि नै सबै ग्रामीण सडकहरु सुचारु गरिने अध्यक्ष जोशीले जानकारी दिए ।
गाउँपालिकाको वडा नं १अन्तर्गत दहकालिका छपाली कौराडी ग्रामीण सडक सफाइ गरिएको छ भने वडा नं २/३मा सडक सफाइ गरिसकिएको अध्यक्ष जोशीले बताए । यस्तै वडा नं ५ कोसडक सफाइ गरेर खोलिएको छ भने मेल्लेख _ केराभाडी सडक सुचारु गरिएको भएको छ। वाडा न ६ अन्तर्गत मेल्लेख रौखोल्ला सडक खण्ड पनि सुचारु भैसकेको छ ।यस्तै झिग्राना केलाभाडी जोड्ने सडक खुलाउने काम भइरहेको छ । चाडपर्वको समयमा गाउँपालिकाबासीलाई सहज होस भनेर सडक खुलाउने काम भइरहेको उनले बताए ।
बर्षात रोकिएपछि पालिकाभित्रका सडकहरु खुलाउने काम भइरहेको यसले नागरिकलाई सहज हुने सायल गाउँपालिका प्रवक्ता तथा वडा नं ३का वडा अध्यक्ष नवराज उपाध्यायले बताए । नागरिकको यातायातमा सहज पहुँच पुर्याउन अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए ।