neapl investment mega bank

ललितपुरको खोकनामा सिकाली जात्रा 

Oct 8th, 2024

काठमाडौं, असाेज २२

नेपालीहरूको चाड दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । 

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मङ्गलबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ ।

खोकनावासी दशैं मनाउँदैनन् ।