ललितपुर, असाेज १६
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ ।
विभागले बुधबार जावलाखेल ललितपुर महानगरपालिका १५ स्थित आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको हो । यस कम्पनीमा पुरानो खुइलिसकेको प्याकेटको खाने तेल प्रयोग गरी मिठाइ उत्पादन गरिएको फेला पारेको थियो । ललितपुरकै हानकुक साराङ रेस्टुरेन्ट प्रालि ३ लाख जरिवाना तिराएको छ ।