neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालको पहिलो अफरोडर एसयुभि जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

नेपालको पहिलो अफरोडर एसयुभि जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

Sep 30th, 2024

काठमाडौं, असाेज १४

एसपीजी अटोमोबाइल्सले अफ–रोडर विद्युतीय (ईभी) एसयूभी जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । 

कम्पनीले गत सोमबार अनलाइन लाइभ प्रसारणमार्फत प्रोडक्ट ब्रिफिङ गरेको हो । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुले चीनबाट अनलाइन कार्यक्रम सञ्चालन गरेका थिए ।

इलेक्ट्रिक एसयूभी ओमोडा ईफाइभको सफलतापछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयूभी जेइको नाडा अटो सो २०२४ मा सार्वजनिक गरेको थियो ।

यो गाडीले हालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न ड्राइभिङ च्यालेन्जमा पनि अफ–रोडर इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित र प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग छ यो अन्य एसयूभीमा नपाइने कम्पनीको दाबी छ । गाडीले ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिने र २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागमा, टाइट टर्निङका लागि उपयुक्त टर्निङ रेडियस प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम यू–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट भएर टर्निङ रेडियस ५.७ मिटरबाट ४।५ मिटरमा घट्ने बताइएको छ । स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेटअनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्ने बताइएको छ ।

वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटी सेभेन’ रेटिङमा प्रमाणित रहेको र ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आईपीएक्स नाइन’ को रेटिङ प्रमाणित गरेको कम्पनीले जनाएको छ ।