neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्ट अफ लिभिङ्ग नेपाल’ द्वारा २२ जना लक्षीत समुहका महिलाहरूलाई ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न

आर्ट अफ लिभिङ्ग नेपाल’ द्वारा २२ जना लक्षीत समुहका महिलाहरूलाई ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न

Sep 26th, 2024

काठमाडौं, असाेज १०

आज भन्दा ४२ वर्ष अघि देखि विश्वका १८६ देशमा संजाल रहेको ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा आज काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ कार्यक्रम सम्पन्न गरेको छ ।

घरेलु महिला कामदार, एकल महिलाहरूको समुहलाई लक्षित गरी संचालित उक्त कार्यक्रममा २२ जना लक्षित समुहका महिलाहरू सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमका प्रशिक्षक अच्युत राज गौतम, सैलेन्द्र हमाल र मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले ४ दिन सम्म प्रशिक्षण गर्नुभएको थियो । जीवनको महत्व र जिवन जिउने कलामा योग ध्यान र साधनाको उपादेयताबारे बिशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रमको समापन पछि सहभागीहरूले आफ्नो प्रतिक्रिया दिंदै कार्यक्रमले मन प्रफुल्लित भएको र तनाब व्यवस्थापनमा सहजता हुने र व्यायम र सुदर्शन क्रियाले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम समापनपछी बोल्दै मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले नेपालमा भविष्यमा पनि यस्ता कार्यक्रमकहरू संचालन गरी लक्षित समुदाय र वर्गलाई सेवा पुर्याउन र स्वस्थ समाज निर्माणमा लाग्न आर्ट अफ लिभिङ्ग नेपाललाई प्रेरणा मिलेको धारणा व्यक्त गर्नुभएको थियो ।