बेरूत, पुुस १ (रासस/एएफपी)
लेबनानका राष्ट्रपति मिसेल आउनले नयाँ प्रधानमन्त्री चयनका गर्न परामर्शका लागि बोलाएको बैठक सोमबार स्थगित गर्नुभएको छ ।
लेबनानमा सरकारी सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएका झडपहरूले गत हप्ताको अन्त्यतिर हिंसात्मक रूप लिएपछि प्रतिपक्षी आन्दोलनकारी र सत्ता पक्षका अधिकारीको प्रतिनिधित्वसहितको संसदीय परामर्श बैठकको आह्वान गरिएको थियो ।
राष्ट्रपतिको कार्यालयले ट्वीटरमार्फत् गराएको जानकारीमा भनिएको छ, “राष्ट्रपति आउनले कामचलाउ प्रधानमन्त्री साद हरिरिको चाहना अनुरूप आगामी बिहीबारसम्म बैठक स्थगित गर्न गरिएको आग्रहपछि अन्तिम समयमा आएर बैठकलाई स्थगित गर्नुभएको छ ।”
लेबनानमा भ्रष्टाचार र अर्थतन्त्र सुधार गर्ने वाचासहित सत्तामा पुगेका हरिरिले देशमा आफ्नो वचनअनुसार काम गर्न नसकेपछि प्रतिपक्षी दलले उहाँको राजिनामाको माग गर्दै सडक आन्दोलनमा उत्रेका थिए । आन्दोलनमा नागरिकको सहभागिता बढ्दै गएपछि हरिरिले अक्टोबर २९ मा राजिनामा गर्नुभएको थियो ।
त्यसपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि राजनीतिक दलहरूमा व्यापक विभाजन देखिएपछि लेबनानले अझै नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।