neapl investment mega bank
  • गृहपृष्ठ
  • दुई चिनियाँ कुटनीतिज्ञलाई निष्काशन गर्नु अमेरिकाको ‘गलत निर्णय’

दुई चिनियाँ कुटनीतिज्ञलाई निष्काशन गर्नु अमेरिकाको ‘गलत निर्णय’

Dec 17th, 2019

बेइजिङ, पुुस १ (रासस/एएफपी)

चिनियाँ दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको चीनले सोमबार जनाएको छ ।

अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले आइतबार जनाएअनुसार अमेरिकी सरकारले सेप्टेम्बरमा गोप्यरूपमा अमेरिकाका लागि चिनियाँ राजदूताबासका दुई पदाधिकारीलाई निष्काशन गरेको भन्ने खबरप्रति चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले चासो व्यक्त गर्दै यसो गर्नु अमेरिकाका ‘गलत निर्णय’ हो ।

ती दुई अधिकारीले आफ्नो गाडी चढेर अमेरिकाको भर्जिनियाको एक सैन्य आधारमा प्रवेश गरेको समाचारमा बताइएको छ ।

प्रवक्ता कङले पत्रकारसँगको नियमित भेटमा उक्त बिषयबारे चीनको धारणा राख्नुभएको हो ।

अमेरिकाले चिनियाँ कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय लिनु दुई मुलुकको कूटनीतिक सम्बन्धको गम्भीर उल्लङ्घन भएको र चीनले यसबारे अमेरिकासँग कूटनीतिक च्यानलमार्फत सम्पर्क गरी कडा शब्दमा विरोध गरेको प्रवक्ता कङले बताउनुभयो ।

अमेरिकालाई भियना कुटनीतिक सम्बन्ध सन्धिबमोजिम राष्ट्र र राष्ट्रबीच एकले अर्काको कुटनीतिज्ञलाई सुविधा तथा प्रत्याभूति प्रदान गर्नु नै एक आपसी सम्बन्धको आधार भएको भन्दै अमेरिकालाई आफ्नो गल्ती सच्याउन पनि उहाँले आग्रह गर्नुभयो ।