काठमाडौं, असाेज १
२०२४ एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन जनसंख्या बृद्धावस्थामा नेपालकाे सक्रिय सहभागीता रहेकाे छ ।
यहि भाद्र २६–२८ गतेसम्म इन्डोनेसियाको बाली शहरमा जेष्ठ नागरिकहरुको विषयमा २०२४ एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन जनसंख्या बृद्धावस्था (The 2024 Asia-Pacific Regional Conference on Population Ageing) मा नेपालबाट योजना आयोगका सह–सचिव यमलाल भुसाल, एजिङ नेपालका निर्देशक प्रकाश गौतम तथा जेष्ठ नागरिक चौतारी, ठेचो संस्थाका संरक्षक÷संस्थापक अध्यक्ष बालकृष्ण थापा मगर तथा स्वयंसेवी लक्ष्मी थापा मगरले उक्त कार्यक्रममा सहभागी भएका थिए ।
उक्त सम्मेलनमा ३८ राज्यका प्रतिनिधिहरुले भाग लिएका थिए । छलफलको विषयमा “Reframing Ageing” अर्थात Active and productive, Technology, Climate change and population ageing, Social protection and ageing societies, Communities and ageing societies and Caring societies ageing गरी ६ वटा विषयहरु छलफल भएका थिए ।
नेपालकोतर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरि प्रसाद मैनाली तथा एजिङ नेपालको कार्यकारी निर्देशक सन्जु थापा मगरको साथै महिला अधिकारकर्मी शान्ता श्रेष्ठले नेपालका जेष्ठ नागरिकहरुको आवाजहरू राख्नु भएको थियो ।