neapl investment mega bank
  • गृहपृष्ठ
  • सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा विशाल विरोध प्रदर्शन

सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा विशाल विरोध प्रदर्शन

Sep 17th, 2024

काठमाडौं, असाेज १
गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै विभित्र ९ वटा संगठन सम्मीलित बृहत् मोर्चाद्वारा हिजाे कुपण्डोल पुल मुनिबाट हजारौंको संख्यामा विशाल विरोध प्रदर्शन गर्दै मशाल जुलुस निकालिएको छ।

कुपण्डोल पुल देखि थापाथली हुदै त्रिपुरेश्वर हुदै बागमती हुदै पुन: कुपण्डोल पुगि सम्पन्न भएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिका चर्चित युवा नेता सुमन सायमीले औपनिवेशिक राज्यले उपत्यकावासीलाई उठिवास गराउन खोजेको षड्यन्त्रको आफुहरुले पर्दाफास गर्ने बताए। अनावश्यक विकास पनि विनाश हो ।

धर्म, संस्कृति, सभ्यता तथा पहिचान माथि गर्न खोजिएको आक्रमणको कडा प्रतिकार गर्ने बताए । साथै असोज ३ गते १०:०० बजे माइतीघर मण्डलामा हुने विशाल जनप्रदर्शनमा सहभागी हुन आम जनतालाई आग्रह पनि गरेका छन। कार्यक्रममा अन्य संगठनहरुका नेता र प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा केशव झा, रबिन्द्र कुमार श्रेष्ठ, जुनतारा पुन मगर, बुद्धराज स्याङतन, राजाराम तण्डुकार, अनिल महासेठ, रिषि ब्स्याल लगायतको उपस्थिति रह्यो।