neapl investment mega bank
  • गृहपृष्ठ
  • पशुपतिको कोटीहोमबाट ७२ लाख ५० हजार घाटा

पशुपतिको कोटीहोमबाट ७२ लाख ५० हजार घाटा

Sep 12th, 2024

काठमाडौं, भदाै २७

पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको दाबी गरिएको छ । कोटीहोम सकिएको करिब एक महिनामा आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक विजय कृष्णमूर्तिले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको सार्वजनिक गरेका छन् ।

कृष्णमुर्तिका अनुसार कोटीहोममा कूल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र सुनचाँदी दान संकलन भएको थियो ।

तर कोटीहोम सञ्चालनका क्रममा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको दाबी उनले गरेका छन् ।

महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।