neapl investment mega bank
  • गृहपृष्ठ
  • मानव बेचबिखनविरूद्धको १८ औं राष्ट्रिय दिवस

मानव बेचबिखनविरूद्धको १८ औं राष्ट्रिय दिवस

Sep 5th, 2024

काठमाडौं, भदाै २०

`हाम्रो प्रतिबद्धतास्मानव बेचबिखनविरूद्ध ऐक्‍यबद्धता´ मूलनाराका साथ मानव बेचबिखनविरूद्धको १८औं राष्ट्रिय दिवस मनाएको छ ।

स्वासा साउथ एशिया, स्वासा नेपाल, जागृति महिला महासङ्‌घ, नारी चेतना समाज नेपाल, हाम्रो सङ्‌गठन, क्रियाशील महिला समूह, सङ्‌घर्ष महिला समूह, जीवनज्योति महिला सङ्‌घ, नमूना महिला सङ्‌घ, पारिजात महिला सङ्‌घ, सुधार महिला सङ्‌घ, महिला सहयोगी समू, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जाल र जिल्‍ला सञ्‍जाल काठमाडौंको संयुक्त आयोजनामा बृहत्‌ र्‍याली र कोणसभा गरी मानव बेचबिखनविरूद्धको १८औं राष्ट्रिय दिवस मनाएको हाे ।

सो र्‍यालीमा २०० जनाभन्‍दा बढी यौनश्रमिकहरू, यौनश्रमिकको अधिकार र महिला मानव अधिकारको क्षेत्रमा वकालत गर्ने संस्‍थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
भृकुटीमण्‍डपबाट सुरू भएको र्‍याली पुतली सडक, बागबजार हुँदै शान्‍तिबाटिकामा गएर कोणसभामा परिणत भएको थियो । औपचारिक रूपमा गरिएको सो कोणसभाको अध्‍यक्षता स्वासाकी शान्‍ति तिवारीले गर्नुभएको थियो भने वक्ताको रूपमा मायाको संसारबाट सुनिता लामा, जागृति महिला महासङ्‌घबाट आभा क्षेत्री, नारी चेतना समाज नेपालबाट शोभा डङ्‌गोल, परिवर्तनका लागि सहकार्य नेपालबाट इन्‍दिरा घले, एट्‌विनबाट बेनुमाया गुरूङ र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालबाट श्‍यामकुमारी साह हुनुहुन्‍थ्यो ।
कार्यक्रमलाई सम्‍बोधन गर्दै एट्‌विनकी बेनुमाया गुरूङले बेचबिखन र यौन श्रम अलग-अलग हो, यसलाई एउटै हो भनेर बुझ्‍नु हुँदैन र हामी सबैजना यस विषयमा अवधारणागत रूपमा स्पष्‍ट हुनु जरूरी छ । साथै, एटविनले स्थापनाकालदेखि नै यौनश्रमलाई निरअपराधीकरण गरिनुपर्छ भन्‍दै सम्‍बन्‍धित निकाय तथा सरोकारवालाहरूसँग वकालत गर्दै आइरहेको छ भन्‍ने विचार राख्‍नुभएको थियो । त्यस्‍तैगरी, परिवर्तनको लागि सहकार्य नेपालकी इन्‍दिरा घलेले संविधानतस् प्रत्याभूत गरिएको अधिकार सबै नागरिकलाई समान वितरण हुनुपर्छ । यौनश्रमिकहरू पनि देशको नागरिक भएकाले उनीहरूको श्रमलाई सम्‍मान गर्दै उनीहरूको पहिचानलाई राज्‍यले स्वीकार्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो भने महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जाल अध्‍यक्ष श्‍यामकुमारी साहले सबै महिलाहरूको अधिकार सुनिश्‍चित हुनुपर्छ । समान नागरिकको हैसियतमा यौनश्रमिकहरूले पनि यो देशमा बाँच्‍ने अधिकार छ त्यसैले यौनश्रमिकहरूको अधिकार सुनिश्‍चितताका लागि महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जाल सधैं साथ रहने छ भन्‍ने अभिव्यक्ति दिनुभएको थियो ।

अत: समाजमा यौनश्रमिकहरूलाई हेरिने विभिदेपूर्ण दृष्टिकोण, समाज बिगार्ने तत्त्वको रूपमा सिर्जना गरिएको भाष्‍यलाई चिर्न र यौनश्रमिकहरूप्रति बनाइएको धारणा अनि मानसिकतालाई परिवर्तन गर्नको आवश्‍यक रहेको कुरा सबैलाई स्पष्‍ट पार्दै हामी पनि मानव बेचबिखन अन्‍त्य गर्ने पक्षमा सरकारसँग सँगै छौं, हामी मानव बेचबिखन कार्यलाई प्रोत्साहित गर्दैनौं, हामीप्रति बनाइएको गलत धारणा बदलियोस्‌ भन्‍ने कुरा राख्‍दै कोणसभाको समापन गरेकाे थियाे ।