neapl investment mega bank
  • गृहपृष्ठ
  • गैर न्यायीक खोला मापदण्ड संघर्ष समितिद्वारा प्रदर्शन तथा र्याली

गैर न्यायीक खोला मापदण्ड संघर्ष समितिद्वारा प्रदर्शन तथा र्याली

Sep 3rd, 2024

काठमाडौं, भदाै १८

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।

‘खोला मिच्ने अतिक्रमणकारिहरुलाई कारबाही गर तर मापदण्डको नाममा जनताको घरजग्गा लुटन बन्द गर’ नारासहितको प्रदर्शन गर्दै समितिले महानगरपालिकालाई ध्यानाकर्षण गराएको हो।

सर्वोच्च अदालतले मुख्य र सहायक नदीहरूको दायाँबायाँ न्यूनतम पहिले कायम भएको २० मिटरमा अर्को थप २० मिटर गरि ४० मिटर सम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसला गरेपछि अभियानकर्ताहरु तथा सरोकारवालाहरुले उपत्यकाव्यापी सडक गैर न्यायीक खोला मापदण्ड संघर्ष समितिले आज सडकमा प्रदर्शन तथा र्याली निकालेको हो।

राष्ट्रिय मुक्ती क्रान्तिका नेता तथा उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका अध्यक्ष तथा गैर न्यायीक खोला मापदण्ड संघर्ष समितिका संयोजक सुमन सायमीले कानुन जनताको हितको लागि हुनु पर्ने भन्दै जनहित बिपरितका सरकारका निर्णय बिरुद्द यो आन्दोलन निरन्तर अगाडी बढ्ने बताए।