काठमाडौं, भदाै १८
मंगलबार प्रि–ओपन सेसनमा नेप्से सूचक ११.१६ विन्दुले बढेको छ। यससँगै सूचक २८३४.४२ अंकमा आएको छ।
यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ७९ कम्पनीको २६ हजार १ सय ९८ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा ५९ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ। कुल २ सय २६ वटा कारोबार भएको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।