काठमाडौं, भदाै १०
प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भद्रकालीमा बनाइएको भवन उद्घाटन गरेका हुन्।
हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो। त्यहाँबाट भद्रकालीस्थित भवनमा सरेको छ।