काठमाडौं, भदाै ५
सामान्यतया मत्या पर्व नेवार समुदायले मनाउने विशेष पर्व हो । यो पर्व विशेषगरि ललितपुरमा मनाउने गरिन्छ।
दिवङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा दीप प्रज्वलन गरी मृत आत्माको शान्तिको लागि प्रार्थना गर्दै विभिन्न मठमन्दिर, विहार तथा चैत्य परिक्रमा गर्ने परम्परा छ ।
जनैपूर्णिमा र गाईजात्रापछि मत्या पर्व मनाउने चलन छ।