neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकाका नदीहरूमा बाह्रै महिना पानीको बहाव वृद्धि गर्न विज्ञसँग छलफल

उपत्यकाका नदीहरूमा बाह्रै महिना पानीको बहाव वृद्धि गर्न विज्ञसँग छलफल

Aug 20th, 2024

काठमाडौं, भदाै ४

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै बाग्मती, विष्णुमतीलगायतका नदीहरूमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालिक र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन् ।

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाब वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेसहितका सुझाव विज्ञहरूबाट आएको बताए ।

विज्ञहरूले सुख्खायाममा काठमाडौंका नदीहरूमा जलप्रवाह बढाउनेबारे सुझाव दिएका थिए । उनीहरूमध्ये केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउनेसहितका विकल्प प्रस्तुत गरेका थिए । उनीहरूले पानीको उपलब्धता बढाउने, ढलको मिसावट पूर्णरूपमा रोक्नेसहितका विकल्प दिएको सिंहको सचिवालयले जनाएको छ ।