neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सहकारीले ठग्यो एक करोड ३३ लाख, उपचार खर्च नहुँदा मृत्यु

सहकारीले ठग्यो एक करोड ३३ लाख, उपचार खर्च नहुँदा मृत्यु

Aug 13th, 2024

काठमाडौं, साउन २९

सहकारी संस्थामा जम्मा गरेको बचत झिक्न नपाएर उपचारमा पैसा अभाव भई मृत्युवरण गर्नुपरेको भन्दै सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। वीर अस्पतालमा उपचारका क्रममा पाँच लाख रुपैयाँ रकम अभावमा ६६ वर्षीय राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

स्थापितको न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्। सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन्।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट रकम झिकेर सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए। राजेन्द्रकी श्रीमती जसबाटीबाबा बज्राचार्यले बैंकमा राखेको एक करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तको भनाइ छ।

उनको मृत्युपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग गरेका छन्।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi