neapl investment mega bank
  • गृहपृष्ठ
  • किष्ट अस्पतालमा तनाव, अस्पतालको लापरवाहीले विरामीको मृत्यु

किष्ट अस्पतालमा तनाव, अस्पतालको लापरवाहीले विरामीको मृत्यु

Aug 12th, 2024

ललितपुर, साउन २८

ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।

हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठुलो लाप्रवाही गरेको आफन्तहरुको भनाइ छ ।

विरामीको मृत्यु केही दिन अघि नै भएपनि झडप हुने आशंकामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका विरामीका आफन्तहरुले बताएका छन् । शिकारु डाक्टरहरुले चरम लाप्रवाहीपुर्वक विरामीको अप्रेशन गर्दा विभिन्न नशाहरु काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरुले बताए ।

पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत बर्ष जाँच गराउँदा ७ एमएमको पथ्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर विरामीमा परामर्श गरेको उनको आफन्तले बताए । सोही पथ्थरीको अप्रेसन गर्दा लाप्रवाहीको कारण विरामीको मृत्यु भएको, अप्रेसनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिव ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टीलेटरमा राखेर अन्त्यमा विरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् ।