काठमाडौं, साउन २२
डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेंगीबाट एक जनाको मृत्यु भएको बताएको छ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्।
डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।