काठमाडौं, साउन १९
काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, भारतले इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शीर्षस्थानमा रहेको छ ।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ सवा ५ बजे इरानसँग खेल्ने छ । त्यस्तै लिगचरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।