neapl investment mega bank

घट्याे इन्धनको मूल्य 

Aug 1st, 2024

काठमाडौं, साउन १७

सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची घटेर आएकोले मुल्य घटाएको जानकारी दिएको छ ।