neapl investment mega bank
  • गृहपृष्ठ
  • विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु

विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु

Jul 31st, 2024

काठमाडौं, साउन १६

काठमाडौं महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ।

नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले पानीजन्य विपत्ति डुबान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पृलमा जोखिम संकेत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ । यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ। 

एकै पटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेङ्गी हुन सक्ने र तारन्तार पातलो दिशा भइ रहेमा हैजा हुन सक्ने बताउँदै महानगरले दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइने बताएकाे छ । यसका लागि हटलाइन निःशुल्क नम्बरहरु ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ । 

साँझ ६ बजेपछाडि ११८० मा डायल गरेर ९ थिच्नुपर्ने र उक्त फोन स्वास्थ्यकर्मीले उठाउने महानगरले जनाएकाे छ ।