neapl investment mega bank

नेप्से परिसूचक ३५ अंकले बढ्यो

Jul 30th, 2024

काठमाडौं, साउन १५

नेप्से परिसूचक ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ३.२३ अंक बढेको छ । फ्लोट इण्डेक्स २.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।

आज ३२९ स्टकको २ लाख ६ हजार ६४३ पटकको कारोबारमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ।

यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन एशियन हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।