neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैङ्कले वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने

राष्ट्र बैङ्कले वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने

Jul 26th, 2024

काठमाडौं, साउन ११

नेपाल राष्ट्र बैङ्कले वैदेशिक रोजगारीमा जानेलाई  प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याएको छ।

आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिमा राष्ट्र बैङ्कले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैङ्क खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना नै धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

गभर्नर महाप्रद अधिकारीले नेपाल सरकारको २०८१\८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार उक्त व्यवस्था गरिने बताए । यस्तै राष्ट्र बैङ्कले विदेशी मुद्रा सटही सुविधाको दायरा पनि बढाएको छ । ३५ हजार अमेरिकी डलरसम्म सटही गर्न पाउने व्यवस्थालाई बढाएर ५० हजार डलर कायम गरिएको छ ।