काठमाडौं, साउन ७
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा पूर्वराज्यमन्त्री मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।