काठमाडौं, साउन ४
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर निकालिएको विवादबारे प्रस्टीकरण दिएकी छिन्।
उपसभामुख रानाले आज एक विज्ञप्ति निकाली आफूबाट कुनै अनैतिक कार्य नभएको स्पष्ट पारेकी हुन्। उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र अमेरिकामा आयोजित कार्यक्रममा जानका लागि आएको निमन्त्रणलाई स्वीकार गरेर आफू कार्यक्रममा सहभागी भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
त्यसक्रममा सोही कार्यक्रममा सहभागी हुन अन्य केहीलाई पनि निमन्त्रणा आएको र उनीहरूलाई अन्तर्वार्ताका लागि मिति दिइदिन अनुरोध गरेकाले आफूले सो पत्र लेखेको उनको भनाइ छ।