काठमाडाैं, साउन २
सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी तथा आपूर्तिकर्ताले भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी दिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरि ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।