neapl investment mega bank
  • गृहपृष्ठ
  • वाणिज्य बैंकले साउनका लागि घटाए ब्याजदर

वाणिज्य बैंकले साउनका लागि घटाए ब्याजदर

Jul 15th, 2024

काठमाडौं, असार ३१

वाणिज्य बैंकहरुले साउन महिनाको ब्याजदर सार्वजनिक गरेका छन् ।

साउनमा बैंकहरुले ०.१४ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन् । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९० प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ ।

बीस वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।

सानिमा, प्रभु, ग्लोबल आइएमई, एभरेष्ट, हिमालयन, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, सानिमा र सिटिजन्स बैंकले घटाएका हुन्। लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्डले भने स्थिर राखेका छन्।

साउनमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर सानिमाले ६.४ प्रतिशत, प्रभुले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्टले ६.३ प्रतिशत, हिमालयनले ७.५ प्रतिशत, नेपाल बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.२१ प्रतिशत र सिटिजन्स बैंकले ६.७५ प्रतिशत निर्धारण गरेका छन्। असारमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर सानिमाले ६.४ प्रतिशत, प्रभुले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, हिमालयनले ७.६५ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.२२ प्रतिशत र सिटिजन्स बैंकले ६.९ प्रतिशत निर्धारण गरेका थिए।

लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टले भने असारकै ब्याजदरलाई निरन्तरता दिँदै साउनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर क्रमशः ६.५ प्रतिशत, ६.३ प्रतिशत र ७ प्रतिशत निर्धारण गरेका छन्।