neapl investment mega bank

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Jul 15th, 2024

काठमाडौं, असार ३१

कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीमा सोमबार बिहान भएको फाइनलमा कोलम्बियामाथि १–० को जित हासिल गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक उपाधि जितेको हो । 

अर्जेन्टिनाका लागि खेलको ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । 

त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको आठ मिनेट बाँकी छँदा मार्टिनेजले शानदार गोल गरेका हुन् । उनी यो कोपाको सर्वाधिक गोलकर्ता हुन् । उनले ५ गोल गरे ।

फाइनलमा अर्जेन्टिनाका गोलपिकरले आधा दर्जन कोलम्बियाका प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी नै खेल्यो । कोलम्बियाले १६ फाउल खेल्दा अर्जेन्टिनाले ६ फाउलमात्र खेल्यो । 

कोलम्बियाका दुई तथा अर्जेन्टिनाका दुई खेलाडीले पहेँलो पहेँलो कार्ड पाएका छन् ।

अर्जेन्टिनाले सबैभन्दा बढी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । उसले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

उरुग्वेले १५ पटक उपाधि जितेको छ ।