neapl investment mega bank
  • गृहपृष्ठ
  • बढी मूल्य लिई नुन बेच्ने मार्टलाई तीन लाख जरिवाना

बढी मूल्य लिई नुन बेच्ने मार्टलाई तीन लाख जरिवाना

Jul 11th, 2024

काठमाडौं, असार २७

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि सकिएका खाद्यवस्तु बिक्री गर्ने दुई मार्टलाई तीन–तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडाैं महानगरपालिका १३ सोल्टीमोडको म्याक्रो मिनिमार्टले साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलको मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने मिति सकिएको वस्तु बिक्रीवितरण गरेको भेटिएको विभागले जनाएको छ ।

यसैबीच, विभागले साल्ट ट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ ।