काठमाडौं, असार २४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई सबै पदबाट निष्कासन गरेको छ ।
केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।
यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।
समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको, बैठकमा पार्टीको आचरणविरुद्ध प्रस्तुत भएको तथा पार्टीलाई हानि गर्ने गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।
गत बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामनन्त्री ढकालले प्रष्टिकरण दिन खोजेका थिए । तर, अनुमति नपाएपछि उनले आफ्नो प्रतिवेदन सार्वजनिक गरेका थिए ।
बैठकमा बोल्न नपाएको भन्दै उनी कालो टेप टाँसेर बसेका थिए ।