neapl investment mega bank

खाने नुनको मूल्य बढ्यो

Jul 3rd, 2024

काठमाडौं, असार १८

खाने नुनको मूल्य साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू गरेकाे छ । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै, न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

यस्तै, भानु नुनको मूल्य भने  यथावत् राखेको साल्ट ट्रेडिङले  जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।