neapl investment mega bank

ललितपुर महानगरको बजेट पारित

Jul 1st, 2024

ललितपुर, असार १७

ललितपुर महानगरपालिकाको नगरसभाले आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ । असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगरसभाले बैठकले पारित गरेको हो ।

महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण,हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको जानकारी दिए ।