काठमाडौं, असार १३
काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्।
सुरुवात र प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सबै मिलेर मात्र डेंगी नियन्त्रण गर्न सकिने बताए ।
महानगरले हरेक हप्ताको बुधवार बिहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ । त्यस्ता ठाउँमा सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ ।