neapl investment mega bank

बजेट महुमतले पारित

Jun 25th, 2024

काठमाडौं, असार ११

सरकारले ल्याएको बजेट महुमतले पारित भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको सो बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

जेठ १५ गते पेश गरेको बजेट लगातारको छलफलपछि मंगलबार बहुमतले पारित गरिएको हो। अर्थमन्त्री वर्षमान पुनले संसदका दुबै सदनको संयुक्त बैठकमा  बजेट पेश गरेका थिए । 

मंगलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेट शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।