neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राइम सहकारी ठगी प्रकरण: ७ कारागार चलान, २ जना धरौटीमा रिहा

प्राइम सहकारी ठगी प्रकरण: ७ कारागार चलान, २ जना धरौटीमा रिहा

Jun 21st, 2024

काठमाडौं, असार ७

प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यस्तै, २ जना धरौटीमा रिहा भए ।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यस्तै, थुनामा जाने सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगर हुन् ।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी मदन घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।

८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित ६५ जनालाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ ।

सहकारीको १ अर्व ५७ करोड रुपैयाँ अपचलन भएको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको हो । तिमध्ये ९ जना पक्राउ परिसकेका छन् भने ५६ जना फरार छन् ।