काठमाडौं, असार ७
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले कृषि विकास बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
नगरपालिकाले मध्यपुर ठिमी नगरको ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको साे सहकारीको देशभर संचालकहरुको नाममा रहेको सम्पत्ति समेत रोक्का गरेको छ ।
आफ्नो क्षेत्रमा सञ्चालित सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार मध्यपुर ठिमी नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्रलाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको र सोही आधारमा समस्याग्रस्त घोषणा गरेर सम्पत्ती रोक्का गरेको बताएका छन् ।
सो निर्णय लिनुअघि सहकारीका संचालक र पिडित बचतकर्ताहरुबिच छलफल गराएर सहमती गराउने प्रयास पटक पटक भएको थियो । तर सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको वचत रकम फिता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी सो सहकारीलाई समस्याग्रस्त घोषणा कार्यपालिकाले जानकारी दिएको छ ।
नगरउपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत रकम फिर्ता नगर्ने सहकारीहरुलाई कार्यवाही अगाडि बढाउने बताएका छन् ।