काठमाडौं, असार ३
आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल बंगलादेशविरूद्ध पराजित भएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ८५ रनमात्र बनाएको हो । यससँगै नेपालले २१ रनले खेल हारेको हो ।
यसअघि नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको थियो । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भेल रङ्गशालामा सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।
नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको थियो । नेपालको दोस्रो विश्पकप यात्रा जितविहिन भएर टुंगिएको छ ।