काठमाडौं, असार २
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक बर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगर सभाको १५ औँ अधिवेशनमा प्रस्ताव गरेका छन् । ज्येष्ठ ३२ गते सभा गृहमा आयोजना गरिएको सभामा उनले काठमाडौं ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्न, सुरक्षित, समावेशी, दिगो र जीवन्त सहर निर्माण गर्नका लागि नीति प्रस्ताव गरिएको उल्लेख गरे ।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रसहित ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गरेका हुन् ।
अहिलेसम्म प्राप्त उपलब्धीका लागि महानगरबासी, नागरिक समाज, विभिन्न तहका सरकार र सरकारी निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको निरन्तर सहयोग, सक्रियता र समन्वयबाट प्राप्त भएको उल्लेख गर्दै प्रमुख शाहले आगामी बर्षमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।