ललितपुर, असार २
कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताको२ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ ।
आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् ।