neapl investment mega bank

यस्ता छन् दही खानुका फाइदा

Jun 13th, 2024

काठमाडौं, जेठ ३१

नेपालमा खानामा दही धेरै प्रयोग गरिन्छ । दहीलाई स्वास्थ्यका लागि निकै फाइदाजनक पनि मानिन्छ । यसमा क्याल्सियम, भिटामिन बी-२, भिटामिन बी १२, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । दैनिक एक कप दही सेवन गर्नु स्वास्थ्यका साथै छालाको लागि पनि निकै फाइदाजनक मानिन्छ ।

गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पदार्थ पिउनु लाभदायक हुन्छ । यस्तो बेलामा पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शीतलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाइदा पुग्दछ ।

१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ।

२. दहीको नियमित सेवनले रगतको कमि तथा कमजोरी हटाउँछ।

३. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ।

४. दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।

५. दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।