neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध मुद्दा दायर

प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध मुद्दा दायर

Jun 11th, 2024

काठमाडौं, जेठ २

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।

प्राइमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापालगायत विरुद्ध मुद्दा दायर भएको छ । पौडेल, थापासहित ९ जना पक्राउ परेका थिए । उनीहरुको हकमा अदालतमा मुद्दाको सुनुवाइ हुने भएको हो । अन्य आरोपित फरार छन् ।

उनीहरुले बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा उल्लेख छ । उनीहरुले सर्वसाधारणको बचतबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खात खोलेर रकम हिनामिना गर्ने, मिटरब्याजमा लगाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा देखिएको थियो ।