आधारभूमि जेष्ठ २६, ललितपुर ।
आउँदो जेष्ठ ३० गते हुने नेकपा एमाले महालक्ष्मी नगरकमिटिको दोश्रो अधिवेशन नजिकिदै गर्दा नगरमा उम्मेदवार बन्ने होडवाजी चलेको छ । जस अनुसार अध्यक्ष महालक्ष्मी नगर कमिटीका अध्यक्ष देवेन्द्र पाैडेल, नगर कमिटीका सचिव पदको जिम्मेवारी सम्मालेका विनोद कंडेल, सचिवालय सदस्य तथा मदन भण्डारी स्पोर्ट क्लबका केन्द्रिय सदस्य विपिन कार्की, उपाध्यक्ष सम्मालेका हार्डवेयर व्यापारी बैकुण्ठ बुढाथोकी, नेकपा समाजवादी पार्टी त्याग गरी भर्खर मात्र नेकपा एमालेमा प्रवेश गरेका नकुल थापा, नगर सदस्य तथा राष्ट्रिय खेलकूद महासंघ म.न.पा.सहसचिव सञ्चार उद्यमी बलराम वाग्लेको नाम चर्चामा चलेको छ ।
त्यस्तै, उपाध्यक्षमा मनपा उपमेयर पदमा पराजित भएकी विना सुवेदी, मुकुन्द के.सी र कृष्ण कुमार थापा, सचिवमा नगर कमिटी सदस्य तथा पूर्व राष्ट्रिय युवा संघ नेपाल मनपा अध्यक्ष विकास सुवेदी, नगरकमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ललितपुर इन्चार्ज शुजित बस्नेत, नगर कमिटी सदस्य तथा राष्ट्रिय खेलकूद महासंघ ललितपुर जिल्ला कमिटी कोषाध्यक्ष राजन खड्का, राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटीका अध्यक्ष प्रकाश बानिया, ,नगर कमितिका सदस्य तथा राष्ट्रिय खेलकूद महासंघका सचिव निरन्जन शर्मा, भास्कर गाैतम र उपसचिवमा यशोदा बस्नेत नाम चर्चा सुन्नमा आएको छ ।