काठमाडौं, जेठ २४
बालिकालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा इन्सपेक्टर पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।
१४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले जानकारी दिए । बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी छन् ।
सोही उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् ।