neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा एमाले महालक्ष्मी नगरपालिका ५ वडाको अध्यक्षमा ऋषि बराल

नेकपा एमाले महालक्ष्मी नगरपालिका ५ वडाको अध्यक्षमा ऋषि बराल

Jun 4th, 2024

ललितपुर, जेठ २२

नेकपा एमाले महालक्ष्मी नगरपालिका ५ नं. वडाको अध्यक्षमा ऋषि बराल सर्वसम्मत चयन हुनुभएको छ । २१ गते सोमबार सम्पन्न वडाको दोस्रो अधिवेशनले बरालको नेतृत्वमा १९ सदस्यिय कमिटि सर्वसम्मत चयन गरेको हो।

वडा कमिटिको उपाध्यक्षमा मीना खड्का, सचिव गोमा श्रेष्ठ, उपसचिवद्वय बिमला कुमाल र रामकुमार बानिया चयन हुनुभएको छ ।

यसैगरी, वडा सदस्यहरूमा प्रदिप खत्री, नविन थापा, प्रमिला चौधरी, रामहरी पोखरेल, मीरा महत खड्का, देवराज खत्री, यज्ञराज खत्री, रुपेन्द्र थापा, नविना कुमारी कुशवाली, रामचन्द्र सिलवाल, विदुर गिरी, अंजित बुढाथोकी, तोपवहादुर थापा रहनुभएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई वडा ईन्चार्ज छिरीङ् लामा, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामहरी बजगाई र खेलकुद विभागका केन्द्रीय सदस्य मेघराज पौडेलले प्रमाणपत्र वितरण गर्नुको साथै खादा अविर र टिका लगाउदै सपथ ग्रहण गराउनु भएको थियो ।