आधारभूमि जेष्ठ २१, ललितपुर ।
नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं.७ को वडा अधिवेशन सम्पन्न भएको छ । जस अनुसार अध्यक्ष मुकुन्द ठकुरी, उपाध्यक्षमा अनुराधा कोइराल, सचिवमा प्रमेस सुवदी, उपसचिवमा रविन थापा र सुनित वाग्ले लगायत ३१ सदस्यीय वडा कमिटी चयन भएको छ ।
अधिवेशनको प्रमुख आथित्यतामा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला पाँच पालिका इन्चार्ज हरिकृष्ण व्यञ्जनकारले केही समय अगाडी नेकपा एमालेको सरकार नहुदा देशमा महंगी, अशान्त, धार्मिक युद्ध, जातिय युद्ध, बढेको, नेपालको विकासमा नेकपा एमाले पार्टीले भिन्न सोच राख्दै नाकाबन्दी, चुच्चे नक्सा, सिके राउतले देश विखण्डनमा लैजान लाग्दा चट्टानी अडानका कारण नेपालको सूरक्षाका लागि नेकपा एमाले पार्टी राष्ट्र हितको आवाज उठाउदै आएको छ ।
एमालेको सरकारको पालामा ठूला ठूला सडक, पूल, अस्पाताल, सुनकोशी मरिन डाइभर्शन, सुरुङ्ग मार्ग निर्माणका काम गरेको स्मरण गर्दै नव निर्वाचित वडा कमिटीले जनताको दुःख सुखमा हातेमालो गर्दै अगाडी बढ्ने छ भन्ने विश्वास व्यक्त गर्दै नयाँ कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
विशेष अतिथिमा संघीय सांसद प्रेम बा. महर्जन, अतिथिहरुमा बागमती प्रदेश कमिटी सदस्य तथा महालक्ष्मी नगर इन्चार्ज रामहरि बजगाई, पूर्व सदस्य चिरिञ्जिवी आचार्य, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, सचिव राम राउत, उपसचिव आशा राई, सचिवालय सदस्य नविन तण्डुकार, सदस्यहरु कल्पना श्रेष्ठ, समीरमर्दन के.सीपार्वती बञ्जारा, पूर्व जिल्ला कमिटी सदस्यहरु देवीका राई, विना सुवेदी, संकर बस्नेत, सूर्यमान अमात्य, हरि कार्की, महालक्ष्मी नगर कमिटी कार्यवाहक अध्यक्ष बैकुण्ठ बुढाथोकी, सदस्यहरुमा प्रकाश वानियाँ, ( अध्यक्ष राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटी ) बलराम वाग्ले, ( सहसचिव राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटी ) ( इन्चार्ज राष्ट्रिय युवा संघ नेपाल ललितपुर), शुजित बस्नेत, सिवराम राना क्षेत्री, जगदीश्वर कार्की, गोमा श्रेष्ठ, पूर्व महालक्ष्मी वडा नं. ७ का अध्यक्ष नकुल थापा, पूर्व टिकाथली गा.वि.स. उपाध्यक्ष रामेश्वर कार्की, वडा सदस्य सादुराम श्रेष्ठ, भरत थापा, अनेमसंघ केन्द्रिय सदस्य मिरा गरञ्जा, लगायत नेकपा एमालेका संगठित सदस्य तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।