neapl investment mega bank
  • गृहपृष्ठ
  • ड्राइभिङ्ग सेन्टर सडक बन्दै लुभु कमलपोखरी ग्वार्को सडक

ड्राइभिङ्ग सेन्टर सडक बन्दै लुभु कमलपोखरी ग्वार्को सडक

Jun 2nd, 2024

आधारभूमि जेठ २०
ललितपुरको महालक्ष्मी नगरपालिकाको लूभू कमलपोखरी सडकमा दैनिक जसो सवारी दुर्घटना हुन रोकिएको छैन ।

दुर्घटना हुनुमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र महालक्ष्मी नगरपालिकाको कमजोरी कारण सवारी दुर्घटना हुने गरेको पाइन्छ ।

केही दिनमा अघि मात्र ओभरस्पीडका कारण वाइक र स्कुटर एक आपसमा ठोकिदा सवारी चालक दुबै जनाको ज्यान गुमाएका थिए ।

बढी दुर्घटना हुनुमा लूभू कमल पोखरी सडकडमा सहचालकले सवारी चलाउनु र सवारी प्रशिक्षण गराउनु, सडकको दाँयाबायाँका सडकमा निर्माण सामाग्री राख्नु, नगरपालिकाले तोकेको स्थानमा पार्किङ्ग नगर्नु, स्पीड ब्रेकर नहुनु, ओभरस्पीड हुनु, प्रयाप्त जेब्रा क्रसिङ्ग नुहुनु, रोड डिभाइडरका कमिका कारण बढी दुर्घटना भएको एक स्थानीयकोे भनाई छ ।