काठमाडौं, जेठ १८
काठमाडौंको बानेश्वर केन्द्रिय कार्यालय खडा गरेर कारोबार गर्दै आएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् ।
लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारीका सदस्यहरु मर्कामा छन् । गत फागुन ४ गते सहकारी समस्याग्रस्त घोषणा गरेपछि हाल कारोबार बन्द रहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा नजिकबाट पक्राउ गरेको छ ।
उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका समेत अध्यक्ष उनीमाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।