neapl investment mega bank
  • गृहपृष्ठ
  • सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी

May 30th, 2024

कान्तिपुर पब्लिकेसन्स्का अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने तत्कालिन दुई कर्मचारीलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

सिरोहियाको नागरिकता जारी गर्ने तत्कालिन प्रमुख जिल्ला अधिकारी सीडीओ शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहाललाई पक्राउ गर्ने तयारी भएको हो ।

सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्ने अनुमति लिएको छ ।

वंशजको नागरिकता दिने तत्कालीन सीडीओ भट्टराई र प्रतिलिपि दिने शाखा अधिकृत दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिइसकेको छ ।

२०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।