neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सबै पालिकाहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक : श्रममन्त्री अर्याल

सबै पालिकाहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक : श्रममन्त्री अर्याल

May 23rd, 2024

काठमाडौं, जेठ १०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् ।

गत वैशाख १९ गते बुधवारदेखि टुँडिखेलमा जारी रहेको सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरूले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए ।

उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए ।

महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi